Friday, June 19, 2020

प्रकाशपुर डोभर ईङ्लिस एकेडेमिको सहजीकरण केन्द्रहरु सम्बन्धि जरुरी सुचना

आदरणीय अभिभावक ज्यु ,
बिश्वब्यापी महामारी कोभिड -१९ ( कोरोना भाईरस ) ले बिश्वलाई नै आक्रान्त बनाई रहदा हाम्रो बिद्यालय पनि अछुतो रहन सकेको छैन। लामो समय सम्म शैक्षिक सस्थाहरु बन्द भैरहदा बिद्यार्थी कै पढ्ने लेख्ने बानिमा र्‍हास नपुगोस भनी प्रकाशपुर डोभर ईङ्लिस एकेडेमी ले आफ्ना बिद्यालयमा अध्ययनरत कक्षा नर्सरी देखि दस सम्म का बिद्यार्थीहरुलाई सिकाई सहजीकरण गर्ने उदेश्यले नेपाल सरकारले लागू गरेका लक डाउनका नियम हरु पालना गर्दै बिद्यार्थी - बिद्यार्थीहरु बिच सामाजिक दुरि कायम गरि तल उल्लेखित स्थान हरुमा सिकाई सहजीकरण केन्द्र स्थापना गर्ने निर्णय गरेको जानकारी हाम्रा सम्पुर्ण अभिभावक गराउदछौ।
साथै आफ्ना नानीहरु पायक पर्ने नजिकैको सहजीकरण  केन्द्रमा मिति २०७७ अषाढ ८ गते बिहानको ७:०० बजे पुर्‍याई दिनुहुन विनम्र सबै अभिभावकहरुमा अनुरोध गर्दछौ।
धन्यवाद 
बिद्यालय ब्यवस्थापन समिती
प्रकाशपुर डोभर ईङ्लिस एकेडेमी, प्रकाशपुर
बराहक्षेत्र नगरपालिका वoडा न. १०, सुनसरी ।

सिकाई सहजीकरण केन्द्रहरु :-
१. कालीमन्दिर ( जुङ्गे चोक )
२. प्रकाशपुर बजार ( सुभराज सरको घर )
३. बकुल्ला चाप ( टन्क सरको घर )
४. सुक्रबारे ( मोहन मा बि को छेउ - लोकेन्द्र सर लाई सम्पर्क गर्ने )
५. भोक्राह-१ ( चादनी चोक )
६. अजम्बारी चोक ( चौतिस )
७. शिवालय मन्दिर ( पुर्वटोल- कमलेश्वर मन्दिर )
८. लोकेन्द्र सर को घर ( धराने टोल )
९. रमेश कार्कीको घर ( दाजुभाई चोक )
१०. भुटाहाखाल ( नीर कुमार कट्वाल सरको घर )
११. राजा जी थान ( गडेरी टोल )
१२. सहिद चोक - बाहुनी खोला

नोट :- थप जानकारीका लागि बिद्यालय प्रसासनमा मोबाइल मार्फत सम्पर्क गर्नुहोला।

प्रधानाध्यापक  :- 9814377520
लेखा तथा सस्थापक प्रतिनिधि :- 9812367377

प्रकाशपुर डोभर इङलिस एकेडेमीमा शैक्षिक सत्र २०७७ को लागी भर्ना खुल्यो।

 सबै अभिभावक ज्यु हरु लाई तयार भै दिनु हुन अनुरोध छ।